युवा फुटबल टिमका मुख्य प्रशिक्षकले दिए राजीनामा


८ आश्विन २०७६, बुधबार
chetnarayan shrestha

काठमाडौं, ८ असोज । नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् ।

साविकको विजेता नेपालको साफ यू–१८ च्याम्पियनसिपमा खराब प्रदर्शनको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)मा श्रेष्ठले राजीनामा पत्र बुझाएको प्रवक्ता किरण राईले जानकारी दिए ।

श्रेष्ठ २०७५ सालमा एन्फा एकेडेमीको यू–१८ टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
अघिल्ला दुई संस्करणमा च्याम्पियन बनेको नेपाल हाल जारी यू–१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

मंगलबार हलचोकस्थित एपीएफ मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

यसअघि नेपालले भुटानसँग ३–०को लज्जाष्पद हार बेहोरेको भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७