२०७६ असोज १७ गते शुक्रबारको तपाईको राशिफल


१७ आश्विन २०७६, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वस्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यमा खर्च बढ्ने छ । यात्रामा माल सामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनु पर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम पुनः शुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । लाभदायक यात्रा होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सहयोगको नाटक गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । सहकर्मीबाट विरोध आउँला । नियमित खर्च समेत बढ्ने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
महत्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । लक्ष्मी प्रसन्न हुने योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । प्रेमिकाको सुझाव अनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्वादिष्ट भोजनको विशेष अवसर मिल्ने छ । सवारी साधन खरिद गर्ने योग छ । आज हरियो रङ्गको प्रयोगले विभिन्न समस्याबाट जोगाउने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यले विभिन्न अवसर जुराउने छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । घरमा अतिथीको आगमन हुनेछ । मन खुशी पनि रहने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सामूहिक तथा रमाईलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिने छ । व्यवसायमा सफलता र आर्थिक सहयोग मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ । नयाँ काम शुरु गर्ने समय छ । वाक्चतुर्याइँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसरपनि जुराउने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७