प्रधानमन्त्रीको तेस्रो पटक डायलासिस


३० कार्तिक २०७६, शनिबार
pm kp oli

काठमाडौं, ३० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रो पटक मृगौलाको डायलासिस गरिएको छ ।

ग्राण्डी इन्टरनेशनल अस्पतालले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीको हेमोडायलासिस सम्पन्न भएको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे, प्रधानमन्त्रीको निजी चिकित्सक दिब्यासिंह शाह, युरोलाजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्रेमराज ज्ञवालीले संयुक्त विज्ञप्ति निकालेर शनिबार प्रधानमन्त्री ओलीको पुनः हेमोडायलासिस गरिएको उल्लेख गरेका छन् ।

‘हाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ । प्रधानमन्त्री शनिबार नै निवास फर्किनु हुनेछ,’ विज्ञप्तिमा भनिएको छ । यसअघि ग्राण्डीमै प्रधानमन्त्री ओलीको दुई पटक डायलासिस गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको १२ वर्षअघि दुबै मिर्गौलाले काम नगरेपछि प्रत्यारोपण गरिएको थियो ।

pm l

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७