निजगढ विमानस्थलको काम अघि नबढाउनू : सर्वोच्च


२० मंसिर २०७६, शुक्रबार
sarbocha adalat 2

काठमाडौं, २० मंसिर । सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढाउन सरकारलाई आदेश दिएको छ ।

पूर्व सचिव द्वारिकानाथ ढुङ्गेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले विमानस्थल निर्माणको कामलाई यथास्थितिमै राख्न आदेश दिएको हो । सर्वोच्चले दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि पनि बोलाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७