विपद् पहिचानको नक्सा बनाउँदै कामपा


२३ मंसिर २०७६, सोमबार
kathmandu mahanagarpalika

काठमाडौं, २३ मंसिर । काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन गर्न वडास्तरमा सम्भावित स्थान पहिचानको कार्य शुरु गरेको छ ।

कामपाको ३२ वटै वडामा रहेका खुला स्थान र विपद्को जोखिमपूर्ण क्षेत्रको पहिचानसहित ती स्थानको नक्सा बनाउने काम भइरहेको जनाएको छ । नेपाल रेडक्रम सोसाइटीको सहयोगमा जोखिम क्षेत्रको नक्सा बनाउने काम भइरहेको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

भूकम्प र आगलागी जस्ता विपद्का दृष्टिकोणले काठमाडौं जोखिमपूर्ण मानिएको छ । विपद्का घटनालाई आधारमानी जोखिमको उपाय अवलम्बन गरिएको उनले बताए । उनले भने, ‘प्राकृतिक विपद्को दृष्टिकोणले जोखिम रहेको छ । क्षति न्यूनीकरणका लागि वडास्तरीय प्रशिक्षणको काम भइरहेको छ ।’

कामपाले वडा २१, ७ र १२ मा विपद् व्यवस्थापनको लागि वडावासीलाई तालीमको व्यवस्था गरिसकेको जनाएको छ । बाँकी वडामा गर्ने तयारी रहेको रहेको छ । विपद्को समाधान गर्न ३२ वटै वडामा वडास्तरीय समिति पनि चयन गरेको छ ।

ती समिति नौ सदस्य रहने व्यवस्था गरिएको छ । समितिको संयोजकमा वडाध्यक्ष वा वडाध्यक्षले तोकेको वडासदस्य रहने व्यवस्था छ । हरेक वडामा २५ देखि ४० जनासम्म स्वयंसेवक रहन सक्ने व्यवस्था गरिएको छ ।

समितिले कामपा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ अनुरुप काम गर्नेछ । आगलागीका घटना नियन्त्रणका लागि दमकल खरीद र दमकल स्टेशन निर्माण कार्य भइरहेको छ । भूकम्पीय क्षति कम गर्नका लागि भूकम्प प्रतिरोधात्मक भवन निर्माण जोड दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७