आज विश्व हाँसो दिवस, यस्तो छ हास्नुकाे फाइदा


२२ बैशाख २०७६, आईतवार

काठमाण्डौं, २२ बैशाख । आज २१ औं विश्व हाँसो दिवस । सन १९९८ मा भारतका एक वरिष्ठ डाक्टरको पहलमा मनाइन थालिएको या दिवसलाई मे महिनाको पहिलो आईतबार मनाईने गरिन्छ ।


उनको पहलमा हाँसोमा आधारित योगामार्फत हाँसो दिवसका रुपमा मनाउन सुरु गरेको हो । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउन थालिएको हो ।

हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग र्पुयाउने योग विज्ञको भनाइ छ ।

हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने विज्ञहरुको भनाई छ ।

यस्तो छ हास्नुको फाइदा
प्रतिरोधी क्षमतामा वृद्धि गर्छ
तनाव जति हुन्छ, उति नै शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्सछ । हाँसोले तनावका हार्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडी वृद्धि गर्छ । यसले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ । हाँस्दा वृद्धवृद्धामा अल्जाइमर रोग पनि लाग्न पाउँदैंन ।

सम्पूर्ण शरीरलाई आराम दिलाउँछ
हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै मांसपेशीलाई ४५ मिनेटसम्म आराम दिलाउँछ ।

स्वस्थ रहने रसायन बढाउँछ
हाँस्ने बानीले स्वस्थ रहन मद्धत गर्ने इन्डोर्फिन नामक रसायन वृद्धि गर्नुका साथै अस्थायी रुपमा पीडा हटाउन पनि सहयोगी भूमिका निर्वाह गर्छ ।

मुटुको रक्षा गर्छ
यसले रक्तनलीको कार्यमा सुधार गर्छ, जसले गर्दा रक्त सन्चारमा वृद्धि हुन्छ । यस्तो अवस्थामा हृदयाघात हुने र मुटुका अन्य प्रकारका रोग लाग्ने सम्भावना कम हुन्छ ।

क्यालोरी खपत हुन्छ

दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिन्छ । यसको अर्थ वर्षभरि निरन्तरता दिने हो भने तीनदेखि ४ पाउण्डसम्म तौल घट्छ ।

मूड ठीक गर्छ
हाँस्दा मष्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मूड ठीक गर्न मद्धत गर्छ । मूड ठीक हुनुको अर्थ हो, जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु हो । मूड ठीक हुँदा मानिसको व्यक्तिगत जीवन, सामाजिक जीवन व्यवसायिक जीवन सबैमा सकारात्मक प्रभाव पर्छ । यस्तै, हाँस्ने बानीले विना तनाव कुनै पनि प्रकारका अप्ठेरासंग जुध्ने क्षमतामा वृद्धि गर्छ ।

बौद्धिक स्तर बढाउँछ
मानिसको मष्तिष्कका लागि हरसमय धेरै नै अक्सिजन आवश्यक हुन्छ । हाँस्ने बानीले मष्तिष्कमात्र नभई शरीरका सम्पूर्ण अंगमा अक्सिजन आपूर्ति गर्छ । यसले बौद्धिक स्तरका साथै शारीरिक दक्षता पनि बढाउँछ ।

आयु बढाउँछ
नर्वेमा गरिएको एक अध्ययनले जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ नहाँस्ने मानिसभन्दा बढी समयसम्म बाँचेको पाइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७