बैंक ठगेर साढे दुई करोडको गहना खरिद, कृषि विकास बैंकमा अनियमितता गर्ने आठविरुद्ध मुद्दा

जर्नेल विष्टको खातामा भेटियो ३३ लाख


१ माघ २०७६, बुधबार
8757 Shares
dipika

काठमाडौं, १ माघ । कृषि विकास बैंक न्युरोड शाखामा दुई वर्षअघि भएको चार करोड ४२ लाख रुपैयाँ अनियमितताको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठजनाविरुद्ध मुद्दा दायर भएको छ ।

बैंकको सहायक टेलर पदकी कर्मचारी दीपिका रेग्मीको योजनामा अन्तरबैंक कारोबारको रकम पेन्डिङ देखाएर त्यो रकम निकाली अनियमितता भएको थियो । जसमा नेपाली सेनाका बहालवाला जर्नेल समेत मुछिएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आयोगले रेग्मी, तत्कालीन जर्नेल रमेश विष्ट, बैंकका शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, बैंकका कर्मचारीहरू गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे तथा सुन पसले प्रकाश घतानीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जर्नेल विष्टको खातामा ३३ लाख
अवैध रूपमा निकालिएकोमध्ये ३३ लाख रुपैयाँ जर्नेल विष्टको खातामा भेटिएको थियो । दीपिकाको बयानका आधारमा उनको बैंक खाताबाट पैसा रहेको पत्ता लागेको थियो । विष्टलाई सैनिक अदालतले समेत कारबाही गरिसकेको छ ।

jagdamba.cement
rbbbb

सोही अभियोगमा उनी जेलसमेत बसेका थिए । त्यस्तै, अवैध रकमबाट ठूलो मात्रामा सुन खरिद गरिएको खुलेपछि सुन पसले घतानीविरुद्ध समेतको मुद्दा दायर भएको छ । सो सुन पसलमा उनले दुई करोड ६७ लाख रुपैयाँ बराबरको गहना किनेकी थिइन् । उनको बैंक लकरबाट प्रहरीले मात्र एक सय ७० तोला सुन बरामद गरेको थियो । महत्वाकांक्षी स्वभावकी दीपिकाले ठगी गरेको रकम उनले सुन किनेर र विदेश घुमेर सिध्याएकी थिइन् ।

सिआइबीको भन्दा अख्तियारको बिगोदाबी ४८ लाख कम
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १४ मंसिर ०७४ मा रेग्मीसहित तीनजनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । उच्च अदालतमा बैंकिङ कसुर मुद्दा चलेकोमा दीपिका जेल चलान भएकी थिइन् भने अरू धरौटीमा छुटेका थिए ।

सरकारी बैंक भएकाले अख्तियारले समेत मुद्दा दायर गरेको हो । तर, प्रहरी र अख्तियारको बिगो भने फरक–फरक छ । सिआइबीले चार करोड ९१ लाख बिगो दाबी गरेकोमा अख्तियारले भने चार करोड ४२ लाख ७३ हजार बिगो दाबी गरेर मुद्दा दायर गरेको छ ।

बैंकका शाखा प्रबन्धक प्रेमहरि ढुंगेलले आफूले निरीक्षण, सुपरीवेक्षण गर्नुपर्ने कार्यलाई चासो नदिई दीपिकाले गरेको अनियमितता आफू समेत संलग्न रहेको उक्त रकम बाँडिचुँडी खाइमासी बैंकलाई हानि–नोक्सानी पु¥याएको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

बैंकमा विभिन्न व्यक्तिको नाममा प्राप्त भएका अकाउन्टपेयी चेकहरू इसिसीको माध्यमबाट सम्बन्धित व्यक्तिका खातामा जम्मा गरी सोही चेकमा भएको विवरण सच्याई गलत प्रतिवेदन पठाई एकपटक प्रयोग भइसकेको चेकलाई पुनः प्रयोग गरी रेग्मीले प्रमाणीकरणका लागि गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे समक्ष पेस गरेकी थिइन् । उनीहरूले पुनः प्रयोग गरेको चेक नहेरी सच्याइएको कागजात मात्रैका आधारमा चेक सदर गरेका थिए । सोही आधारमा अन्य कर्मचारी समेत यो प्रकरणमा मुछिएका हुन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७