क्यानडाका प्रधानमन्त्री श्रीमतीसहित क्वारेन्टाइनमा


३० फाल्गुन २०७६, शुक्रबार
trudo

काठमाडौं, ३० फागुन । क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले श्रीमतीमा ‘फ्लू’ जस्तो लक्षण देखिएपछि आफूलाई घरभित्र क्वारेन्टनाइनमा राखेका छन् ।

ट्रुडोको कार्यालयले बिहीबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकीलगायत बुधबार राती सामान्य ज्वरो पनि आएको थियो ।

उनीमाथि कोभिड–१९ को परीक्षण गरिएको र रिपोर्ट आइनसकेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । ‘सावधानीस्वरुप प्रधानमन्त्रीले आफूलाई सेल्फ आइसोलेशनमा राखेका छन् र सोफीको रिपोर्ट आइनपुग्दासम्म घरबाटै काम गर्ने निर्णयमा पुगेका छन्,’ प्रधानमन्त्री कार्यालयले भनेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७