कोरोना प्रभावित ५५ देशका नागरिकलाई नेपाल प्रवेशमा पूर्ण प्रतिबन्ध

सिनेमा हल, डान्सबार र जिमखाना बन्द गर्ने सरकारको निर्णय


५ चैत्र २०७६, बुधबार
gov

काठमाडौं, ५ चैत । सरकारले कोरोना (कोभिड–१९) भाइरसको संक्रमण देखिएका देशका नागरिकलाई नेपाल प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानलगायत ५५ देशका नागरिकलाई नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको हो ।

सिनेमा हल, डान्सबार र जिमखाना बन्द गर्ने सरकारको निर्णय
यस्तै कोरोना (कोभिड १९) भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले मानिसहरुको बढी जमघट हुने क्षेत्रहरुमा रोक लगाउने निर्णय गरेको हो ।

‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने’ निर्णय गरेको हो । त्यस्तै सार्वजनिक यातायातलाई सिट क्षमता भन्दा बढी यात्रु नराख्न आग्रह गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७