सागका पदक विजेताले आजबाट पुरस्कार रकम पाउने


३ बैशाख २०७७, बुधबार
saag player samaan2019 12 12 06 17 54

काठमाडौं, ३ बैसाख । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरूले बुधबारबाट पुरस्कार रकम पाउने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । यद्यपि, सबै खेलाडीले रकम पाउन भने केही समय लाग्नेछ ।

गत १५ देखि २४ मंसिरसम्म काठमाडौं र पोखरामा भएको १३ औं सागमा नेपालले ५१ स्वर्णसहित २०७ पदक जितेको थियो । जसमा ६० रजत र ९६ कांस्य पदक छन् । पदकको दृष्टिकोणले साग खेलकुद इतिहासमा नेपालले जितेको यो अहिलेसम्मकै सर्वाधिक हो ।

त्यसमध्ये सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई जनही नौ लाख, रजत जित्ने खेलाडीलाई जनही ६ लाख र कांस्य पदक जित्ने खेलाडीलाई जनही तीन लाख दिने घोषणा गरेको थियो । एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई प्रतिस्वर्ण ११ लाखका दरले पुरस्कार रकम दिने घोषणा गरेको थियो ।

प्रतियोगिता सम्पन्न भएको दोस्रो दिन २५ मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको यो पुरस्कार रकम झण्डै पाँच महिना बित्दास मेत खेलाडीले पाएका थिएनन् । राखेप र खेलकुद मन्त्रालयले यो साताबाट भने बाँकी सबै प्रक्रिया पूरा गरी खेलाडीलाई पुरस्कार रकम दिन सुरु गरेको हो ।

‘खेलाडीहरूलाई पुरस्कार रकम दिने प्रक्रिया सुरु भएको छ । आजैबाट खेलाडीहरूको खातामा रकम जानुपर्ने हो । यद्यपि, प्राविधिक कारणले आज जान सकेन,’ राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना भन्छन्, ‘भोलिबाटै खेलाडीहरूको खातामा पैसा जानेछ ।’

बुधबार नै सबै खेलाडीले पुरस्कार रकम पाउनेछैनन् । राखेपका राष्ट्रिय टिम तयारी समितिका निर्देशक महेन्द्र राईका अनुसार केही खेलाडीको मात्रै पुरस्कार रकमका लागि कोष तथा लेखा नियन्त्रकको कार्यालयमा चेक पुगेको छ । आइतबार पठाइएको चेक १० करोडको मात्रै छ ।

निर्देशक राई भन्छन्, ‘धेरै खेलाडीहरूको पुरस्कार रकमका लागि चेक कोलेनिकामा पुगिसकेको छ । अब आठ करोड जति रकम बाँकी छ । त्यो बुधबारसम्म हुन सक्छ ।’ मन्त्रालयले सागका पदक विजेता खेलाडीको पुरस्कारका लागि अर्थ मन्त्रालयबाट १९ करोड ३७ लाख रकम प्राप्त गरेको छ ।

मन्त्रालयले पहिलो चरणमा खेलाडीको मात्रै पुरस्कार रकम दिन लागेको हो । प्रशिक्षकहरूले भने अहिले पुरस्कार रकम पाउने छैनन् । मन्त्रालयले पेस्की फस्र्योट नगरेका कसैलाई पनि पुरस्कार रकम नदिने निर्णय गरेको छ ।

राखेपले पछिल्लो समय आफ्ना कर्मचारीसमेत रहेका सम्बन्धित खेलका मुख्य प्रशिक्षकमार्फत रकम दिने गरेकाले उनीहरूले पेस्की फस्र्योट गरे नगरेको हेरेर मात्रै पुरस्कार रकम दिने तयारी गरेको छ ।

कोरोना भाइरसका कारण घोषित लकडाउनका कारण क–कसले पेस्की फस्र्याेट गरे या नगरेको निक्र्याेल गर्न नसकिएकाले प्रशिक्षकहरूले तत्काल पुरस्कार नपाउने राखेप स्रोतले जनायो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७