भारतले कोरोना संक्रमणमा चीनलाई उछिन्यो, झण्डै ८६ हजार संक्रमित

अझै दुई हप्ता लकडाउन बढाउने तयारी


४ जेष्ठ २०७७, आईतवार
modi 1

नयाँदिल्ली, ४ जेठ । भारतले महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण मामिलामा चीनलाई उछिनेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८५ हजार नौ सय ४० पुगेको छ ।

कोरोनाको संक्रमण फैलिन सुरु भएको चीनमा भने ८२ हजार नौ सय ४१ संक्रमित छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ५३ हजार ३५ संक्रमितको उपचार जारी छ । भारतमा ३० हजार एक सय ५२ संक्रमित उपचारपछि निको भइसकेका छन् ।

daff185ff10c4588918b0ca1da1ea8ec daff185ff10c4588918b0ca1da1ea8ec 41c22abe94e642c8bd041f1414ce417e 1

एक जना संक्रमित देश छाडेर अन्य मुलुकमा गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा अहिलेसम्म झण्डै ३५.०८ प्रतिशत संक्रमित उपचारपछि निको भएका छन् । भारतमा २८ सय बढीको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

अझै दुई हप्ता लकडाउन बढाउने तयारी
कोरोना भाइरस ९कोभिड–१९० बाट ज्यान गुमाउनेको संख्या बढने क्रम नरोकिएपछि सरकारले लकडाउनको अवधिलाई अरु दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् ।

कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा भने गरिएको छैन ।

यद्यपि बैठकमा लकडाउन बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीले लकडाउन बढाउने सही निर्णय लिनु भएको छ ।’ तर मुख्यमन्त्री केजरीवाललाई सञ्चारकर्मीहरूले लकडाउनबारे गरिएको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘निर्णयलाई प्रधानमन्त्री आफैले सार्वजनिक गर्नु हुनेछ ।’

यता, कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्न राज्यका सरकारले लकडाउन बढाउने निर्णय गर्ने तयारीमा छन् । पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० अप्रिलसँग लक डाउन बढाउने निर्णय गरिसकेका छन् । बाँकी राज्यले पनि मोदीलाई कमसे कम दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७