नागढुङ्गामा चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा कार्की पक्राउ


४ जेष्ठ २०७७, आईतवार
pakrau 1

काठमाडौं, ४ जेठ । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नाका नागढुङ्गामा लकडाउन पालना गराउन खटिएका युवा स्वयंसेवी चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको छन् ।

स्वयमसेवाको नाममा अनावश्यक गतिविधि गरेको आरोपमा प्रहरीले चन्द्रागिरी नगरपालिकाका उत्तम कार्कीलाई पक्राउ गरेको हो । कार्कीको पक्राउबारे काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरेका छन् ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए । उनीहरुले प्रहरीकै अगाडि कार्कीको खनतलासी पनि लिएका थिए ।

यसरी लिइएको थियो डाक्टरको हुर्मत
उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्ने निहुँमा टोले स्वयंसेवीले कोरोना संक्रमणको जोखिम र नियन्त्रणमा फिल्डमा खटिएका डाक्टरको हुर्मत लिएका थिए ।

शुक्रबार दिउँसो काठमाडौंको नागढुङ्गामा स्थानीय तहले खटाएका स्वयंसेवीले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्की सवार गाडी खानतलासी गर्दै उनको हुर्मत लिएका हुन् । त्यो पनि प्रहरीकै सामुन्ने ।

चितवन र हेटौंडामा कोरोना भाइरस परीक्षणको किट सकिएपछि डा.कार्की काठमाडौं हिँडे । सहयोगीसहित गाडीमा हिँडेका उनी उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा करिब १२ बजे आइपुगे । नाकामा सुरक्षाकर्मी देखिए । उनीहरूसँगै उभिएका थिए, युवाका केही हुल । प्रहरीले गाडी रोक्न संकेत र्गयो । डा.कार्कीले संकेत गरेकै ठाउँमा गाडी रोके ।

तर, चेकिङ गर्न प्रहरी आएन । हुल बाँधेर उभिएका युवा गाडीनजिक आए । गाडीको झ्याल खोलेर बसेका कार्की भित्रै थिए । एक युवाले निर्देशन शैलीमा गाडीको पास देखाउन भने । कार्कीले पास देखाए । युवाले पासमा रहेको मोबाइल अन गरे । भिडियो बटन थिचे ।

97992237 683231065554851 5111586741001650176 n
पक्राउ गरिएका उत्तम कार्की

भिडियोलाई फेसबुकको लाइभ मुडमा लगे । अनि कार्कीसँग सोधपुछ गर्न थाले । हुलहुज्जतसहित उत्रिएका युवाका गतिविधिसामु कार्की निरीह बने । खुरुखुरु प्रश्नको जवाफ दिँदै गए ।
युवा यतिमै रोकिने पक्षमा थिएनन् ।

उनीहरू अब गाडी खानतलासी गर्नतर्फ लागे । कार्कीलाई गाडीबाट झर्न भने । आदेशअनुसार नै उनी झरे । पछाडिको सिटमा झोला देखियो । युवाले झोला खोल्न भने । उनले झोला खोले । झोलाको पत्रमा कागजात फेला परेपछि डिकी खोल्न भने । उनले डिकी पनि उघारेर देखाए ।

केही फेला नपरेपछि युवाले डाक्टरको नाम सोधे । काम गर्ने संस्थाको परिचय मागे । कार्यरत संस्थाको ओहोदा सोधे । उनले सबै प्रश्नको जवाफ दिँदै गए । कमजोरी पत्ता लगाउन नसकेर दिक्क भएका युवाको ध्यान अचानक डाक्टरको मुखमा पुग्यो । किनकी उनको मुखमा मास्क थिएन । यही कमजोरीलाई प्रयोग गरेर युवाले डा.कार्कीलाई दिनुसम्म दुःख दिए ।

नाका चेकिङको सुरक्षा जिम्मा पाएका प्रहरी निरीक्षक हेमन्तविक्रम थापा पनि नजिकै उभिएका थिए । मातहत खटिएका सुरक्षाकर्मी उनीसँगै थिए । तर, चिकित्सकको हुर्मत काढ्ने युवाको गतिविधि रोक्न उनीहरूले जरुरी ठानेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७