गण्डकीमा संक्रमितको संख्या २४ पुग्यो

स्याङजामा थप दुई र तनहुँमा एक जनालाई कोरोना


१८ जेष्ठ २०७७, आईतवार
korona 1

पोखरा, १८ जेठ । गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ पुगेको छ । आज (आइतबार) स्याङजामा थप दुई र तनहुँमा एक जनामा कोरोना पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पीसीआर परीक्षणमा उनीमा कोरोना पुष्टि भएको हो ।

तनहुँमा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो । प्रदेशका बागलुङ, म्याग्दी, स्याङ्जा, पूर्वी नवलपरासी र लमजुङमा यसअघि कोरोना संक्रमित भेटिएका थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाको गल्याङ नगरपालिका ठेगाना भई सोही ठाउँमा क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका दुई पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यसैगरी तनहुँको रिसिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका २८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदबिन्दु शर्माले बताए ।

यस्तै बागलुङका १९ र ६५ वर्षका दुई महिला र लमजुङका ३ वर्षीय बालक भने उपचारपछि निको भएर घर फर्किएका छन । बागलुङमा ८, स्याङजामा ७, पूर्वी नवलपरासीमा ६ र म्याग्दी, तनहुँ र लमजुङका एक–एक जनामा कोरोना संक्रमण भेटिएको हो ।

पूर्वी नवलपरासीका ६ जनाको चितवनमा उपचार भइरहेको छ । संक्रमितमा लमजुङका एक बालकबाहेक सबै भारतलगायत विदेशबाट आएकाहरु हुन् ।

gandak corona update 3152020085558 1000x0 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७