कान्तिपुर यातायात व्यवसायीका पदाधिकारीहरुले लिए सपथ (फोटो फिचर)
माधवकुमार नेपालले भने,‘महासंघमा हरिशरण केसी (हुस)लाई कसैले छेक्न सक्दैन’
प्रविन कुलुङ राई
काठमाडौं, १२ माघ : कान्तिपुर यातायात व्यवसायी संघका पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् । पूर्व प्रधानमन्त्री एंव एमाले वरिष्ठ नेता माधवकुमार नेपालको विशेष उपस्थीतिमा सपथ लिएका हुन् ।
विहिबार काठमाडौंको बसुन्धारामा आयोजित चौथो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका हुन् । चौथो अधिवेशनबाट हरिशरण केसी (हुस)को नेतृत्वमा नयाँ टिम निर्वाचित भएको थियो । यातायात व्यवसायी, स्वरोजगार तथा मजदुरहरुबीच लोकप्रिय र खेलाडी पृष्ठभूमिका केसी (हुस) नेतृत्वले विहिबार सपथ लिएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले कान्तिपुर यातायातले नेपाललाई जोडेको बताए । कान्तिपुर यातायातले हिमाल,पहाड र तराईलाई जोडेको उनको भनाई छ । परिवर्तित सन्दर्भमा यातायात व्यवसायीहरुले यो क्षेत्रलाई थप समृद्ध र भरपर्दो बनाउनु पर्ने नेता नेपालले बताए ।
एक अर्को प्रसङ्गमा नेता नेपालले नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघमा कान्तिपुर व्यवसायी संघका अध्यक्ष हरिशरण केसी (हुस)लाई विजयको शुभकामना दिए । नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको आगामी माघ १७, १८ र १९ गते चितवनमा पाँचौं महाधिवेशन हुदैछ । देशभरीका २८० यातायात व्यवसायी संघहरुको साझा संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौं महाधिवेशन केसी (हुस) वरिष्ठ उपाध्यक्षको उम्मेदवार छन् ।
नेता नेपालले केसी (हुस)लाई विजय सुनिश्चित रहेको समेत बताए । उनले भने,‘हरिशरण केसीलाई जित्नबाट कसैले रोक्न सक्दैन, उहाँ र उहाँको टिमलाई मेरो सफलताको शुभकामना छ ।’ कार्यक्रममा कान्तिपुर यातायातका संस्थापक अध्यक्ष योगेन्द्रनाथ कर्मचारी, दीपक अधिकारी र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलमा पदक जितेका सिमन खत्रीलाई सुनको तक्माले सम्मान गरिएको थियो । कार्यक्रममा ३ वटै यतायत मजदुर सङगठनको केसी हुस लाई समर्थन रहेको बताए .।
कार्यक्रममा कान्तिपुर यातायात व्यवसायी संघ अध्यक्ष केसी (हुस)ले यातायात व्यवसायीहरुको हकहित र अधिकार निम्ती वर्तमान नेतृत्वले विशेष योजनाको साथ काम सुरु गरेको बताए । यातायात क्षेत्रलाई व्यवस्थीत र सम्मानित बनाउनमा आफू अहोरात्र लाग्ने उनको भनाई छ ।
कार्यक्रममा नेपाल स्वतन्त्र यातायात मजदुरका अध्यक्ष भिम ज्वाला राई, अखिल नेपाल मजदुर संघका अध्यक्ष सोम तामाङ र यातायात मजदुर युनियनका अध्यक्ष अजय राईलाई नेता नेपालले सम्मान गरे । कार्यक्रममा पत्रकार, कलाकार र खेलाडी लगायतका विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा मायाको चिनो प्रधान गरिएको थियो ।