कान्तिपुर यातायात व्यवसायीका पदाधिकारीहरुले लिए सपथ (फोटो फिचर)


१२ माघ २०७४, शुक्रबार
यतायत महासंघमा 14 666

माधवकुमार नेपालले भने,‘महासंघमा हरिशरण केसी (हुस)लाई कसैले छेक्न सक्दैन’

प्रविन कुलुङ राई
काठमाडौं, १२ माघ : कान्तिपुर यातायात व्यवसायी संघका पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् । पूर्व प्रधानमन्त्री एंव एमाले वरिष्ठ नेता माधवकुमार नेपालको विशेष उपस्थीतिमा सपथ लिएका हुन् ।

विहिबार काठमाडौंको बसुन्धारामा आयोजित चौथो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका हुन् । चौथो अधिवेशनबाट हरिशरण केसी (हुस)को नेतृत्वमा नयाँ टिम निर्वाचित भएको थियो । यातायात व्यवसायी, स्वरोजगार तथा मजदुरहरुबीच लोकप्रिय र खेलाडी पृष्ठभूमिका केसी (हुस) नेतृत्वले विहिबार सपथ लिएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले कान्तिपुर यातायातले नेपाललाई जोडेको बताए । कान्तिपुर यातायातले हिमाल,पहाड र तराईलाई जोडेको उनको भनाई छ । परिवर्तित सन्दर्भमा यातायात व्यवसायीहरुले यो क्षेत्रलाई थप समृद्ध र भरपर्दो बनाउनु पर्ने नेता नेपालले बताए ।

एक अर्को प्रसङ्गमा नेता नेपालले नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघमा कान्तिपुर व्यवसायी संघका अध्यक्ष हरिशरण केसी (हुस)लाई विजयको शुभकामना दिए । नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको आगामी माघ १७, १८ र १९ गते चितवनमा पाँचौं महाधिवेशन हुदैछ । देशभरीका २८० यातायात व्यवसायी संघहरुको साझा संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौं महाधिवेशन केसी (हुस) वरिष्ठ उपाध्यक्षको उम्मेदवार छन् ।

नेता नेपालले केसी (हुस)लाई विजय सुनिश्चित रहेको समेत बताए । उनले भने,‘हरिशरण केसीलाई जित्नबाट कसैले रोक्न सक्दैन, उहाँ र उहाँको टिमलाई मेरो सफलताको शुभकामना छ ।’ कार्यक्रममा कान्तिपुर यातायातका संस्थापक अध्यक्ष योगेन्द्रनाथ कर्मचारी, दीपक अधिकारी र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलमा पदक जितेका सिमन खत्रीलाई सुनको तक्माले सम्मान गरिएको थियो । कार्यक्रममा ३ वटै यतायत मजदुर सङगठनको केसी हुस लाई समर्थन रहेको बताए .।

कार्यक्रममा कान्तिपुर यातायात व्यवसायी संघ अध्यक्ष केसी (हुस)ले यातायात व्यवसायीहरुको हकहित र अधिकार निम्ती वर्तमान नेतृत्वले विशेष योजनाको साथ काम सुरु गरेको बताए । यातायात क्षेत्रलाई व्यवस्थीत र सम्मानित बनाउनमा आफू अहोरात्र लाग्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाल स्वतन्त्र यातायात मजदुरका अध्यक्ष भिम ज्वाला राई, अखिल नेपाल मजदुर संघका अध्यक्ष सोम तामाङ र यातायात मजदुर युनियनका अध्यक्ष अजय राईलाई नेता नेपालले सम्मान गरे । कार्यक्रममा पत्रकार, कलाकार र खेलाडी लगायतका विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा मायाको चिनो प्रधान गरिएको थियो ।यतायत महासंघमा 14 666

यतायत महासंघमा 16

यतायत महासंघमा 15

Bhim jawal Rai

 

madhav nepal 1 यतायत महासंघमा 1

 

यतायत महासंघमा 12

 

यतायत महासंघमा 14

यतायत महासंघमा 10

यतायत महासंघमा 12

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७