काठमाडौं उपत्यकामा एकै दिन थपिए ८७ जना कोरोना संक्रमित


२२ श्रावण २०७७, बिहीबार
corona virus covod 19

काठमाडाैं, २२ साउन । काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस व्रिफिङमा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

लकडाउन अघिसम्म एक दुईको संख्यामा भेटिने संक्रमित एक सातायता दैनिकजसो ५० भन्दामाथि भेटिन थालेका हुन्।तीन दिनयता कोरोना संक्रमित दैनिक जसो ६० भन्दा माथिको संख्यामा भेटिन थालेका हुन्।

हिजाे (बुधबार) ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै आज देशभर ३६० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमितको संख्या २१ हजार ७५० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन्। ​ हाल नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेका छन्।

त्यस्तै, २४ घण्टामा २ सय ३३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइससबाट थप ५ जनाका मृत्यु भएको छ । सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७