एकै दिन १,०१६ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित पुगे ? (भिडियाे)


२ भाद्र २०७७, मंगलवार
corona virus covod 19 1536x1057 1

काठमाडाैं, २ भदाै । नेपालमा आज (मंगलबार) पहिलोपल्ट एकै दिन एक हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुसार मंगलबार एक हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।

जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् । काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले झापाका २१ जना, खोटाङका एकजना, मोरङका १०८ जना, खोखलढुंगाका एकजना, पाँचथरका एकजना, सुनसरीका ८ जना, उदयपुरका २ जना,संखुवासभाका ३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

यस्तै प्रदेश २ मा बाराका ४२ जना, धनुषाका ६४ जना, महोत्तरीका २४ जना, पर्सामा १२८ जना, रौतहटका ३७ जना, सप्तरीका ३ जना,सर्लाहीका १०७ जना, सिराहाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशमा भक्तपुरका १७ जना, चितवनका ४९ जना, धादिङका २ जना, दोलखाका २ जना, काठमाडौंका १३८ जना, काभ्रेका २१ जना, ललितपुरका ५० जना, मकवानपुरका ३० जना, सिन्धुलीका एकजना, सिन्धुपाल्चोकका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका जिल्लाहरुमा बाग्लुङका ३ जना, गोरखाका २ जना, कास्कीका १६ जना, लमजुङका एकजना, नवलपरासी पूर्वका ४ जना, स्याङ्जाका एकजना र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने प्रदेश ५ का जिल्लाहरु बाँकेका ६ जना, बर्दियाका ९ जना, दाङका एकजना, कपिलवस्तुका १९ जना, नलवपरासी पश्चिमका एकजना, रोल्पाका एकजना र रुपन्देहीका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका ५ जना, रुकुमपश्चिमका एकजना, सुर्खेतका एकजनामा कोरोना संक्रमण पुष्टि छ भने सुदुरपश्चिमका जिल्लाहरुमा दार्चुलाका २ जना, डोटीका ४६ जना, कैलालीका एकजना र कंचनपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।

मंगलबार कोरोनाका कारण थप ७ मृत्यु भएको र हालसम्म मृत्यु हुनेको संख्या ११४ पुगेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या १०५६३ जना रहेको छ भने मंगलबार थप ८५ जना कोरोना मुक्त भएर डिष्चार्ज भएका छन् । हालसम्म १७५८० जना डिष्चार्ज भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७