प्रिमियर लिग : आर्सनलद्धारा वेष्ट ह्याम पराजित


४ आश्विन २०७७, आईतवार
114495256 gettyimages 1273536187

काठमाडौं, ४ असोज । नयाँ सिजनको इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड पहिलो खेलमै पराजित भएको छ ।

गए रातिको खेलमा म्यान्चेस्टर युनाईटेडलाई क्रिष्टल प्यालेसले ३–१ ले हराएको हो । खेलमा क्रिष्टल प्यालेसलाई विजयी गराउन विल्फ्रेड जाहाले दुई तथा एन्ड्रोस टाउन्सेन्डले एक गोल गरे ।

पराजित टोली म्यान्चेस्टरका लागि नयाँ खेलाडी डोनी भान डे विकले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हरायो ।

आर्सनलको जितमा अलेक्जेण्डर लाकाजेट् र एन्केतियाले एक एक गोल गरे । वेष्ट ह्यामका मिचेल एन्टोनियोले एक गोल गरे । गए राति भएका अन्य खेलहरुमा लिड्स युनाईटेडले फुल्हमलाई ४–३ ले हराउँदा एभर्टनले वेष्ट ब्रोममाथि ५–२ को जित निकाल्यो ।

इङलिस प्रिमियर लिगमा आज दुई खेल हुनेछन् । साविक विजेता लिभरपुलले उपाधि दावेदार चेल्सीसँग खेल्दा लेष्टर सिटीले बर्नलेको सामना गर्नेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७