कांग्रेस केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द, केन्द्रीय कार्यसमिति बैठक अनिश्चित


१८ आश्विन २०७७, आईतवार
Nepali Congress Party Office

काठमाडौं, १८ असोज । पार्टीका चार केन्द्रीय सदस्य र अन्य व्यक्तिमा समेत कोरोना संक्रमण भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।

पार्टीका शीर्ष तहका नेताहरुमै कोरोना संक्रमण देखिएपछि आजदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
यही असोज १५ गते पीसीआर जाँचका लागि पार्टी कार्यालयबाटै नेताहरुले स्वाब दिएका थिए ।

त्यसमध्ये केन्द्रीय सदस्य गगन थापा, अर्जुन नरसिंह केसीलगायत नेताहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

केन्द्रीय कार्यसमिति बैठक अनिश्चित
भोलि (सोमबार) का लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित भएको छ ।

चार जना केन्द्रीय सदस्य र अन्य केहीलाई कोरोना संक्रमण देखिएको भन्दै केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ । अरु केही नेताहरुको रिपोर्ट आउन बाँकी छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज आइतबार बस्ने भनिएको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यसमिति बैठकबारे दिउँसो निणर्य हुनेछ ।

स्रोतका अनुसार भर्चुअलमाध्यमबाट केन्द्रीय कार्यसमिति बैठक गर्ने विकल्पबारे पनि छलफल भइरहेको छ । बैठक स्थगित हुने सम्भावना बढी छ । कांग्रेस कार्यालय स्रोतले भन्यो, ‘भर्चुअल गर्ने कि भन्ने पनि छ तर, नेताहरुले केही दिन हेरौं न भन्नु भएकाले बैठक स्थगित हुने देखिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७