सरकार गठन गर्न देउवाको राजीनामा कुर्दैनौं : नेता नेम्वाङ्ग


२५ माघ २०७४, बिहीबार
subash nembang

काठमाण्डौं, २५ माघ : एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा नकर्ने बताएका छन् । subash nembang

काठमाण्डौंमा बिहीबार आयोजित एक कार्यक्रममा नेता नेम्वाङले संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि वाम गठबन्धनलाई कुनै वाधा नभएको दावी गरे । राष्ट्रियसभा निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिने चर्चा भइरहेका बेला नेता नेम्वाङको यस्तो बताएका हुन् ।

उनले भने, ‘नयाँ जनादेश आए लगत्तै तत्काल राजीनामा दिनुको साटो देउवाले लोकतान्त्रिक मूल्य, मान्यताको खिल्ली उडाए ।’ नेता नेम्वाङ्गले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक हुने बित्तिकै नयाँ सरकार गठन हुने बताएका छन् । लोकतान्त्रिक मूल्य र मान्यताअनुसार चल्ने कुनै पनि मुलुकले जनादेशलाई मान्ने गरे पनि प्रधानमन्त्री देउवाले त्यसअनुसारको आचरण देखाउन नसकेको नेम्वाङले अरोप पनि लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७