आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका सार्वजनिक


१ पुष २०७७, बुधबार
world cup 1

काठमाडौं, १ पुस । आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका सार्वजनिक भएको छ ।

प्रतियोगिता सन् २०२२ मा न्युजिल्याण्डमा हुनेछ । प्रतियोगिता आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसीले जनाएको छ । पहिलो खेलमा न्युजिल्याण्ड र क्वालीफायर टिमबीच प्रतिस्पर्धा हुने छ । फाइनल खेल भने तीन अप्रिलमा डे नाइट म्याच हुनेछ । यो खेल क्राइस्टचर्चमा हुने पनि जनाइएको छ ।

icc

सन् २०२२ को महिला विश्वकपमा ८ टिमको सहभागिता हुने छ । खेल न्युजिल्याण्डका ६ शहरमा हुने छ । न्युजिल्याण्ड, अस्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र भारत पहिला नै विश्वकपका लागि छनोट भइसकेका छन् । अब क्वालीफायरबाट तीन टिम आउन बाँकी छ । क्वालीफायर खेल २६ जुन देखि १० जुलाईसम्म श्रीलंकामा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७