घरको भित्तामा मोटरसाइकल ठोक्किँदा दुई युवकको गयो ज्यान


२० बैशाख २०८१, बिहीबार
accdint bike

चितवन । चितवनमा मोटरसाइकल अनियन्त्रित भएर घरमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । बुधबार राति ११ः५५ बजेको समयमा रत्ननगर–४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

चितवन प्रहरीका अनुसार मृत्यु हुनेमा रत्ननगर–३ बन्सी बस्ने २२ वर्षीय जीवन चौधरी र सोहि ठाउँका १८ वर्षीय सुमित महतो छन् । घरको भित्तामा ठोक्किएर गम्भीर घाइते भएका मोटरसाइकल चालक जीवन र मोटरसाइकलको पछाडि बसेका सुमितको गए राति १२ः५५ बजेको समयमा भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

मृतक दुवै जनाको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । मोटरसाइकल ठोक्किएर घरको भित्तामा समेत क्षति पुगेको भण्डारीले बताए । घटनाको विषयमा इलाका प्रहरी कार्यालय टाँडीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७