डब्लूएचओद्वारा : १३ देश कोरोनामुक्त भएको घोषणा


६ माघ २०७७, मंगलवार
world health organization office scaled
WHO Head-Quater in Geneva, Switzerland.Copyright : WHO/Pierre Virot

काठमाडौं, ६ माघ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आफ्नो साप्ताहिक रिपोर्टमार्फत विश्वका १३ देश र टापु कोरोनामुक्त भइसकेको घोषणा गरेको छ । विश्वका धेरै देशमा कोरोना संक्रमण रोकथामका लागि खोप लगाउन शुरु भइसकेको छ ।

तर त्यहाँ सावधानी अझै आवश्यक छ । कोरोनमुक्त भएका देश कुन–कुन भन्ने चाहिँ समाचारमा उल्लेख गरिएको छैन । तर चिन्ताको विषय के हो भने विश्वका १३१ मुलुकमा कोरोना संक्रमण समुदायस्तरमा फैलिरहेको छ ।

जसमा अमेरिका, पाकिस्तान, ब्राजिल, फ्रान्सजस्ता ठूला देश पर्छन् । भारत अहिलेसम्म क्लस्टर तहसम्म संक्रमण फैलिएको मुलुकमा पर्छ । यसको अर्थ अब भारतमा पनि समुदायस्तमा संक्रमण फैलिने चरणमा छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७