आफगान सैन्य क्याम्पमा तालिबानको आक्रमण, आठ सैनिक मारिए


१७ माघ २०७७, शनिबार
71d73d57c5d4d3a265c8d3f62f4e1c31 w1000 h500 cp

काठमाडौं, १७ माघ । अफगानिस्तानको पूर्वी भाग नान्गार्हारमा रहेको अफगान सैन्य शिविर लक्षित शनिबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारी मारिएका छन् ।

तालिबान लडाकू समूहले विस्फोटन पदार्थले भरिएको गाडी उक्त शिविरभित्र लगेर विस्फोट गराएका थिए । यसैबीच तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान लडाकू समूहले यो आक्रमण गरेको दाबी गरेका छन् ।

प्रायः अशान्त नै भइरहने नान्गार्हार प्रान्तमा शनिबार बिहान सबेरै उक्त आक्रमण भएको बताइएको छ । सो प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले सरकारी सेनालक्षित बारम्बार घातक हमला गर्दै आएका छन् ।

गत वर्ष वासिङ्टनसँग गरेको सम्झौता अनुरुप प्रतिवद्धता तालिबानले नगरेको पेन्टागनले भनाई आएको दुई दिनपछि यो आक्रमण भएको छ । सो सम्भौतामा वाशिङ्टनले तालिबान लडाकू समूहले हिंसा हत्या नगर्ने र अल कायदा आतङ्ककारी समूहसँग रहदै आएको तालिबानको सम्बन्ध बिच्छेद हुनु पर्ने शर्त रहेको थियो ।

सैन्य शिविरमा भएको यस आत्मघाती आक्रमणमा परी आठ सुरक्षा अधिकारी मारिएका नान्गार्हारमा गभर्नरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । तर नान्गार्हार प्रान्तीय काउन्सिलका उपप्रमुख आज्माल ओमारले भने यस आक्रमणमा परी १५ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका बताएका छन् ।

जलालाबाद शहर नजिकै विस्फोटक पदार्थले भरिएको अर्को गाडी कब्जा गरिएका प्रान्तीय गभर्नरका कार्यालयले जानकारी दिएको छ । केही समययता नान्गार्हार प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले कैयौ घातक आक्रमणहरू गरेका छ्न् ।

यसैबीच शनिबार नै राजधानी शहर काबुलमा सडक किनारमा राखिएका दुईवटा बम विस्फोट भएका छन् । तर यस विस्फेटामा परी कोही पनि हताहत भएका समाचारमा जनाइएको छैन् । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७