म्यान्मारमा चुनाव गराएर सत्ता सुम्पिने सेनाको वाचा

प्रदर्शनकारीलाई संयमित हुन सेनाको आह्वान


२७ माघ २०७७, मंगलवार
eight col 000 92H6JN

काठमाडौं, २७ माघ । म्यान्मारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको चर्को विरोधका बेला सैन्य जनरलको पहिलो सम्बोधन भएको छ ।

सैन्य प्रमुख जेन मुन अङ ल्लेइङले पहिलो पटक टेलिभिजनबाट नागरिकलाई सम्बोधन गर्दै पछिल्लो कदमको आवश्यकताको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् । उनको सम्बोधन आन्दोलनकारीलाई तर्साउने भन्दा औचित्य पुष्टिमा बढी केन्द्रीत भएको जनाइएको छ ।

पछिल्लो चुनाव स्वच्छ हुन नसकेको र निर्वाचन आयोगले पनि छानबिनमा असफल भएको आरोप लगाएका छन् । उनले छिटै नै निर्वाचन गरेर विजेतालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
प्रदर्शनकारीलाई संयमित हुन सेनाको आह्वान
शासन सत्ता हातमा लिएको म्यानमारको सेनाले संयमता अपनाउन नागरिकलाई आह्वान गरेको छ । देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने भन्दै सेनाले नागरिकलाई संयमित हुन आह्वान गरेको हो ।

myanmar

सेनाको तर्फबाट सोमबार जारी गरिएको वक्तव्यमा देशभरी भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा देशभरी शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन भइरहेका छन् ।

म्यानमारको सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानूनको पालना सुनिश्चित गर्न पनि सबैलाई अनुरोध गरेको छ । प्रदर्शनकारीहरूले स्टेट काउन्सीलर तथा चर्चित प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायतका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेताहरूलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो । सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफैँ निर्वाचन गराउने भन्दै एक वर्षका लागि सङ्कटकाल समेत घोषणा गरेको छ ।

गत नोभेम्बरमा भएको निर्वाचनपछि गठित नयाँ संसद् र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो । त्यही असन्तुष्टिकै बहानामा सेनाले सत्ता लिएकोप्रति धेरै तिरबाट विरोध भइरहेको छ । सेनाले राजनीतिक हस्तक्षेप गरेपछि शुरु भएको विरोध प्रदर्शनमा दिन प्रतिदिन सहभागी बढ्दै गएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७