मोरक्कोमा भिषण बाढी पहिरो : कम्तिमा २४ जनाको मृत्यु


२७ माघ २०७७, मंगलवार
ec5f4f1f917a8af5421fad646c803c99 w1000 h500 cp

काठमाडौं, २७ माघ । अविरल वर्षापछि मोरक्कोमा भिषण बाढीपहिरो गएको छ । बाढीपहिरोमा परेर कम्तिमा २४ जनाको मृत्यु भएको छ ।

देशको उत्तरतर्फ पर्ने तान्गिरमा सोमबार आएको बाढीमा परेर कम्तिमा पनि २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् ।

घटनास्थलमा खोजी तथा उद्धारका प्रयासहरू अहिले पनि जारी छ । घटनामा कमदारहरू पनि परेका छन् । तर, उनीहरूको संख्या यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७