टिकटक बनाउन जाँदा दाइबाटै १२ वर्षीया बहिनी बलात्कृत, गर्भवती भएपछि खुल्यो पोल


१९ फाल्गुन २०७७, बुधबार
Rape
सांकेतिक तस्वीर

काठमाडौं, १९ फागुन । लमजुङकी एक १२ वर्षीया बालिकाको महिनावारी रोकिएपछि नातामा दाजु पर्नेले बलात्कार गरेको खुलेको छ । बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले १९ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ ।

उनीहरु नजिकै घर भएका नाताले दाजु–बहिनी हुन् । टिकटक बनाउन गएका बेला किशोरले आफूलाई पटक–पटक बलात्कार गरेको बयान बालिकाले दिएकी छन् । बलात्कृत बालिकालाई स्वास्थ्य परीक्षणका लागि तनहुँ जिल्ला अस्पताल दमौली लगिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।

जिल्ला अस्पताल सुन्दर बजारमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा गर्भ रहेको खुलेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ओमप्रकाश पुनका अनुसार पक्राउपछि किशोरलाई लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

बालिकाको महिनावारी रोकिएपछि आमाले सोधपुछ गर्दा नातामा दाइ पर्नेले आफूलाई करणी गरेको जानकारी बालिकाले दिएकी थिइन् । गएको माघमा किशोरले आफूलाई पटक–पटक करणी गरेको बालिकाको भनाई छ । किशोरलाई जवरजस्ती करणी अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७