हराउँदै अक्सिजन सिलिण्डर


९ जेष्ठ २०७८, आईतवार
oxygen 4

काठमाडौं, ९ जेठ । अक्सिजन सिलिण्डर हराउन थालेका छन् । अव्यवस्थित वितरण प्रणालीका कारण ठूलो संख्यामा सिलिण्डर हराइरहेको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ ।

संघका अनुसार अक्सिजन सिलिण्डर प्रयोग गर्न अस्पतालदेखि सर्वसाधारणसम्मले सिलिण्डर बापत धरौटी रकम जम्मा गरेका छैनन् ।
उद्योग परिसरबाट व्यक्तिगत रुपमा सर्वसाधारणका साथै सुरक्षाकर्मी, अस्पताल, विभिन्न संस्था र अन्य सरोकारवाला निकायले धरौटी र भाग बेगर सिलिण्डर लगेका छन् ।

उद्योगबाट एउटा अस्पतालका लागि निस्केको सिलिण्डरको गाडीबीच बाटो र उद्योग परिसरबाटै सेना तथा सुरक्षाकर्मीले जफत गरी विभिन्न स्थानमा पुर्‍याएका कारण अधिकांश उद्योगको सिलिण्डर हराइरहेको उद्योगीहरु बताउँछन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७