गण्डकी प्रदेश : विपक्षी गठबन्धनका सांसद प्रदेश प्रमुखको निवास अगाडि धर्नामा

मुख्यमन्त्रीमा दावी पेस गरेका कांग्रेसका पोखरेल कानुनी लडाइँमा जाने


२९ जेष्ठ २०७८, शनिबार
dharna

पोखरा, २९ जेठ । नेपाली कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले कानुनी लडाइँ लड्ने बताएका छन् । आफूहरुले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएर मुख्यमन्त्री दाबी गर्दा पनि जालझेल भएको भन्दै न्यायका लागि कानुनी प्रक्रियामा लागेको जानकारी दिए ।

अहिले पोखरास्थित गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलको सरकारी निवास अगाडि विपक्षी गठबन्धनका ३१ प्रदेश सांसदहरु धर्नामा बसेका छन् । पोखरेललाई मुख्यमन्त्री बनाउनुपर्ने उनीहरुको माग छ । उनीहरुलाई निवास भित्र प्रदेश गर्न दिइएको छै न। कडा सुरक्षाबीच सांसदहरु निवास बाहिर पलेटी कसेर बसेका छन् ।

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङले फेरि दाबी गरेका छन् । उनले जनता समाजवादी पार्टी जसपा) को महन्थ ठाकुर पक्ष र राष्ट्रिय जनमोर्चाबाट पदमुक्त गरिएका कृष्ण थापाको समर्थनमा फेरि मुख्यमन्त्रीमा दावी पेस गरेका हुन् । उनले गएको बिहीबार सदनमा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७