पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गर्ने

९ असार २०७८, बुधबार
591df2 02dbd62c7bc54abb8a8474a2c10ad4a1 mv2

काठमाडौं, ९ असार । पाँच राजनीतिक दलका विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् । नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे प्रर्शनीमार्गमा संयुक्त रूपमा प्रदर्शन गर्न लागेक हुन् ।

देशभर प्रदर्शन गर्ने तयारी रहेको पाँच संगठनले संयुक्त विज्ञप्तिमार्फत् जानकारी गराएका छन् । जनताको त्याग, वलिदान र समर्पणको जगमा प्राप्त संघीय लोकतन्त्रिक गणतन्त्र, विधिको शासन र संविधानको हुर्मत काढ्न प्रधानमन्त्री ओली निरन्तर उद्धत रहेको उनीहरूको ठहर छ ।

प्रधानमन्त्रीको ओलीका हरेक असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्यवाट च्युत भएर संवैधानिक राष्ट्रपतिले निरन्तर साथ दिनु झनै विडम्बनापूर्ण बनेको विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुस् विज्ञप्ती

ne

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७