नदीमा हामफालेकी महिलालाई प्रहरीले बचायो


११ असार २०७८, शुक्रबार
kafkdmgk1624598582

बर्दिया, ११ असार । प्रहरीले बर्दियाको भादा नदीमा हामफालेकी एक महिलाको सकुशल उद्धार गरेको छ । ती महिलाले बर्दियाको गुलरिया नगरपालिका–८ स्थित भादा नदीमा हामफालेकी थिइन् ।

उनको सकुशल उद्धार गरिएको हो । बिहीबार अपरान्ह् महिलाले नदीमा हामफालेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय बर्दियाबाट टोली खटिएको थियो । टोलीले बग्दै गरेको अवस्थामा महिलालाई उद्धार गरी बर्दिया अस्पताल पुर्‍याएको थियो ।

सोधपुछपछि उनी भारतको बहराइच थाना, मोतीपुर ग्राम बलैगाउँ बस्ने ४० वर्षीया जलदैया थारु भएको खुल्यो । त्यसपछि मोतीपुर ग्राम पञ्चायतको गाउँप्रधानसँग समन्वय गरी उनलाई उनको श्रीमान मिश्रिराम थारुको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७