एनआरएन जर्मनीको अध्यक्षमा उम्मेदवारी दिने निनाम्मा राईको घोषणा


१८ असार २०७८, शुक्रबार
Ninamma Rai

काठमाडौं : गैर आवासयी नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा निनाम्मा राईले उम्मेदवारी घोषणा गरेकी छन् । ८ बुँदे कार्ययोजना सहित राईले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

राईले संघको नेतृत्व पाएमा संघभित्र आकस्मिक सेवा कोषको स्थापना गर्ने, जर्मनीमा रहेका महिला विद्यार्थी तथा पेशाकर्मीका लागि काम गर्ने, नेपाली कला संस्कृति तथा प्राकृतिक सुन्दरताको प्रचार प्रसार गर्ने, नेपाली भाषा कक्षा संचालन गर्ने, मातृभूमि परोपकार अभियान संचालन गर्ने, नेपाल सेन्टर स्थापनाको पहल गर्ने, समयमै सदस्यता वितरण तथा नविकरण गर्ने, जर्मनी निवासी नेपालीहरुको सुख दुःखमा साथ दिने लगायतका कार्यक्रम अघि सारेकी छिन् ।

उनी २००९ देखि गैर आवासिय नेपाली संघको औपचारिक संरचनामा संगठित भएर सक्रिय छिन् । आफ्नो उम्मेदवारी स्वभाविक र संघमा निरन्तरताको उपज भएको राईको भनाई छ । भन्छिन्,‘मैले जर्मनीका गैरआवासीय नेपालीको सबै खालका समस्या, सुखदुख र भावना बुझेकी छु । त्यस कारण पनि उहाँहरुको हितमा काम गर्न सक्छु भन्ने विश्वास छ ।’

जर्मनीका नेपालीहरुलाई देशसँग जोड्ने अभियानमा समेत आफ्नो प्रभावकारी भूमिका रहने उनको विश्वास छ । भन्छिन्,‘जर्मनी भित्रका अभियानहरुमा मात्रै होइन नेपालसँग यहाँका नेपालीहरुलाई जोड्न पुलको काम पनि गर्नेछु ।’

नेपालमा रहदा समेत सचेत रुपमा राजनीतिक र समाजिक अभियानमा थिइन् । २००७ सालका क्रान्तिका मुत्तीयोद्धा जननायक रामप्रसाद राईकी नातिनी समेत रहेकी राईको परिवार नै परिवर्तनको आन्दोलन र अभियानमा सक्रिय छ । एनआरएनए अभियानसँगै बिभिन्न सामाजिक आन्दोलन र सहयोगमा उनी पनि उनको भूमिका छ ।

उनको परिवारसँग जोडिएको मात्रै नभएर उनी आफैको नेपालको सरोकारवाला निकायहरुसँग सम्पर्क र सम्बन्ध भएको कारण त्यो सजिलो हुने उनको बुझाई छ । ‘देशसँग जोड्ने अभियानमा पनि मेरो भूमिका उत्तिकै प्रभावकारी हुनेछ ।’

राईले एनआरएनए जर्मनीको एल सि सि मा २०११-२०१३ महिला सह संयोजक, २०१३-२०१५ मा महिला संयोजक, २०१५-२०१७ मा कोषाध्यक्ष, २०१७-२०१९ कोषाध्यक्षको कुशल भूमिका निर्वाह गर्दै २०१९-२०२१ मा उपाध्यक्षको रुपमा काम गरेकी छिन् । संघको निर्बाचन जुलाई ३१ मा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७