ठमेलबाट जुवा र सट्टेबाजी खेलाइरहेका पाँच चिनियाँ नागरिक पक्राउ


२४ असार २०७८, बिहीबार
iafmkdmgkdgm1625722123

काठमाडौं, २४ असार । काठमाडौंको ठमेलमा जुवा र सट्टेबाजी खेलाइरहेका पाँच चिनियाँ नागरिक पक्राउ परेका छन् । ठमेलस्थित जेपी मोडमा चिनियाँ नागरिकले सञ्चालन गरेको छियो छिङ होटेलबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा हि सियावोलोङ, पि छुवानेक्टन, हु वीनविन, हि फुयु र लि छायो टोङ रहेका छन् । उनीहरुको साथबाट एक लाख २३ हजार नेपाली रुपैयाँ बरामद भएको छ ।

यस्तै, जुवातास खेल्न प्रयोग गरेको विद्युतीय टेबल एकथान, जुवातास खेल्न प्रयोग हुने चिनियाँ भाषा माजुङ बताउने प्लास्टिकको गोटी २१० थान, खोलिएको अवस्थामा रहेको रातो रङको तास १६० पत्तालगायत सामाग्री समेत प्रहरीले बरामद गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७