यस्तो छ मेलम्ची बाढीको मुख्य स्रोत बेमथाङ पहिरो (फोटो फिचर / भिडियो)


१७ श्रावण २०७८, आईतवार
2

सिन्धुपाल्चोक, १७ साउन । मेलम्ची नदीमा शुक्रबार रातिदेखि नै लेदोसहितको बाढी आइरहेको छ । हालसम्म बाढीले १७ घर टहरा बगाएको जनाइएको छ ।

बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । चनौटेमा रहेको रातोपुल पनि बगाएको छ । त्यस्तै, ग्याल्थुम बजार समेत जोखिममा रहेको बताइएको छ । हेलम्बु गाउँपालिकामा केही घर बगाएको स्थानीयको भनाइ छ । नदीमा पानीको बहाव घट्ने, बढ्ने भइरहेको स्थानीय वेदमणि भट्टराईले जानकारी दिए ।

उक्त लेदोसहितको बाढी हेलम्बुको भीमथाङ भन्ने स्थानमा गएको पहिरोका कारण आएको अनुमान गरिएको छ । आइतबार हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पासहितको टोली हेलिकोप्टरमार्फत भीमथाङ पुगेको छ ।

अध्यक्ष शेर्पासँगै भीमथाङ पुगेका मेलम्ची नगरपालिका–४ का वडा सदस्य बाबु लामाका अनुसार त्यहाँ अझै पहिरो झरिरहेको छ । सोही पहिरोका कारण लेदोसहितको बाढी आएको उनले जानकारी दिएका छन् ।

मेलम्चीमा गएको असार १ गते आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको थियो । उक्त बाढी भीमथाङमा रहेको चौरमा गएको पहिरोकै कारण आएको हेलम्बु गाउँपालिकाले जनाएको थियो । मेलम्चीमा पुनः ४६ दिनपछि ठूलो बाढी आएको हो ।
तस्विर सौजन्य : निमाग्याल्जेन शेर्पा / भिडियो : बाबु लामा

3
4
5
6
7
8
melamchi ko muhan3 LldEPSC1E5
melamchi ko muhan2 wZKbyDgGDY
me
melamchi flood august 1 UQTxoHtRG3 1
melamchi rss pic5 zwuQIh71Ap
melamchibadhi1627787505 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७