२,२४८ कोरोना संक्रमित निको, १,९२० नयाँ थपिए, २४ जनाको मृत्यु


६ भाद्र २०७८, आईतवार
korona

काठमाडौं, ६ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९,४४३ पीसीआर र ३,०७३ जनाको एन्टीजेन परीक्षणका क्रममा १,९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या पीसीआरतर्फ ७ लाख ४७ हजार ४३३ र एन्टीजेनतर्फ ८० हजार २०९ पुगेको छ । कुल संक्रमितमध्ये ३८ हजार ७५१ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २,२४८ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ ।

गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ५६६ कोरोना भाइरसका संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ३९५ जना रहेका छन् । यसैगरी ललितपुरमा ११० र भक्तपुरमा ६१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ । हाल ३५ हजार ५५५ जना होम आइसोलेसन र ३ हजार १९६ जना संस्थागत आइसोलेसनमा छन् । ४२१ जना क्वारेन्टाइन, ६८१ जना आइसीयू र १६९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७