तालिबानलाई अफगान उपराष्ट्रपतिको चेतावनी : राष्ट्रपति भागे पनि म छु, युद्ध जारी छ


७ भाद्र २०७८, सोमबार
saleha 9OomBZeKQ6

काबुल, ७ भदौं । अफगानिस्तानको राजधानी काबुलबाट मात्र ३ घण्टा लाग्छ, पन्जसिर उपत्यका पुग्न । अफगानिस्तानको यही एउटा मात्र प्रान्त हो, जुन तालिबानको नियन्त्रणमा छैन । त्यहाँका विद्रोही नेता अहमद मसुदले आफूहरू वार्ताबाट निकास निकाल्न तयार रहेको तर तालिबानले युद्ध गर्न चाहेमा भने त्यसको प्रतिकारका लागि पनि तयार रहेको चेतावनी दिएका छन् ।

यही पन्जसिर उपत्यकामा अफगानिस्तानका निवर्तमान उपराष्ट्रपति अमिरुल्लाह सालेह पनि बसिरहेका छन् । तालिबानसँग लडाईं गर्ने तयारीबीच अमिरुल्लाह र अफगानी लडाकु आफ्नो मनोबल बढाउन खेलकुदको पनि सहारा लिइरहेका छन् । सार्वजनिक एक तस्बिरमा पन्जसिर उपत्यकामा निवर्तमान उपराष्ट्रपति र लडाकु भलिबल खेलिरहेको देखिएको छ ।

पन्जसिरबाट तालिबानलाई चुनौती
अफगानिस्तानका निवर्तमान उपराष्ट्रपति सालेहले लामो समयदेखि उत्तरी गठबन्धन (जसलाई संयुक्त मोर्चा पनि भनिन्छ) सँग आबद्ध भएर तालिबानविरुद्ध आफ्नो युद्ध जारी राखे । अहिलेसम्म तालिबानले अफगानिस्तानका ३४ प्रान्तमध्ये ३३ वटा नियन्त्रणमा लिइसकेको छ, तर एक मात्र अपराजित प्रान्त पन्जसिर उपत्यकाबाट उनले तालिबानलाई फेरि चुनौती दिइरहेका छन् ।

तालिबानले राजधानी काबुल कब्जा गर्नासाथ अफगानिस्तानका राष्ट्रपति असरफ गनी यही अगस्ट १५ तारिख देश छाडेर भागे । लगत्तै तालिबानले राष्ट्रपति भवन पनि कब्जा गरे । यसपछि लागेको थियो– अब तालिबानलाई कसैले रोकछेक गर्न सक्ने छैन । तर उपराष्ट्रपति अमिरुल्ला अगाडि आएका छन् ।

उनले यही अगस्ट १७ तारिख एक सन्देश जारी गर्दै भनेका छन्, ‘अफगानिस्तानको संविधानअनुसार राष्ट्रपति अनुपस्थित भए वा उनले पदबाट राजनीमा दिए भने उपराष्ट्रपति राष्ट्र प्रमुख हुन्छन् । यसकारण म आफ्नो देशका लागि खडा भएको छु, युद्ध अझै सकिएको छैन ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७