प्रचण्डले बोलाए स्थायी कमिटी बैठक, मन्त्रीको नाम टुङ्गो लगाउने तयारी


६ आश्विन २०७८, बुधबार
mao 1

काठमाडौं, ६ असोज । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बोलाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाएका हुन् ।

आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूलगायत विषयमा छलफल हुनेछ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम आजै टुंग्याउने तयारी छ ।

यसअघि, पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिका बारेमा निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइए पनि स्थायी कमिटी बैठकमा छलफल गरेरै टुंगोमा पुग्न लागिएको हो । मन्त्रीको नाम टुंग्याएर आजै सरकारमा पठाउने आन्तरिक तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७