गुण्डागर्दीबाट पार्टी कब्जा गर्ने अभियान नै चलाइयो : शेखर कोइराला

‘डडेलधुरामा प्रहरी लगाउनेले सानेपामा आक्रमण गराए’


७ आश्विन २०७८, बिहीबार
i8dfmdgm1632383859

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी कब्जा गर्न संस्थापन पक्षले अभियान नै शुरु गरेको आरोप लगाएका छन् । प्रदेश नम्बर–२ का मन्त्रीले वडाध्यक्षमाथि सानेपास्थिति पार्टी केन्द्रीय कार्यालयमै हातपात गरेको भन्दै विरोधका लागि आज (बिहीबार) सानेपा पुगेका नेता कोइरालाले संस्थापन पक्षले जस्तासुकै हर्कत गर्न पनि अप्ठेरो मान्न छोडेको आरोप लगाए ।

‘प्रदेशको–२ का आठ जिल्लमा क्रियाशील सदस्यता पुग्न सकेको छैन । सर्लाहीका लागि हरेक दिन क्रियाशीलको विषयमा बिहान, दिउँसो, बेलुका अर्कै निर्णय भइरहेका छन्’, नेता कोइरालाले भने, ‘पार्टी कब्जा गर्ने नाममा जुन गुण्डागर्दी भएको छ, यो मान्य छैन ।’ सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा प्रहरी लगाएर वडा अधिवेशन कब्जा गरिएको र अब गुण्डागर्दी शुरु गरेको उनको भनाइ छ ।

‘आफ्नै जिल्ला डडेलधुरामा पुलिस प्रशासन लगाएर वडा अधिवेशन गरियो, कांग्रेसको ७५ वर्षे इतिहासमा कहिल्यै यस्तो भएको थिएन’, उनले भने, ‘सर्लाहीका विषयमा भएको घटना कहिल्यै स्वीकार्य हुन्न ।’ उनले डडेलधुरा र सर्लाहीका सन्दर्भमा गरिएका दुवै घटनाको उद्देश्य असली कार्यकर्तालाई हतोत्साही बनाउने रहेको भन्दै यसबाट विचलित नहुन आग्रह गरे ।

‘जुझारू साथीहरू विचलित बनाउन आक्रमण र प्रशासनको दुरुपयोग गर्ने प्रयास भएको छ, तपाईंहरु विचलित नहुनुहोस्’, कोइरालाले भने, ‘त्यस्ता तत्व जिल्ला–जिल्लाबाट विस्थापित हुन्छन् । तपाईंहरू लाग्नुहोस्, हाम्रो पूर्ण समर्थन छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७