आईपीएल क्रिकेटमा बेङ्ग्लोर विजयी, मुम्बई ५४ रनले पराजित


११ आश्विन २०७८, सोमबार
ipl cricket uzXYIB5o8W

काठमाडौं, ११ असोज । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्ज बेङ्ग्लोर ५४ रनले विजयी भएको छ । गए राति दुबईमा भएको खेलमा बेङ्ग्लोरले साविक विजेता मुम्बईलाई ५४ रनले हराएको हो । बेङ्ग्लोरले दिएको १६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बई १८ ओभर १ बलमा अलआउट हुँदै १११ रनमा समेटियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४३ रन बनाए । यस्तै, क्विन्टन डी ककले २४ रन बनाउनु बाहेक अरुले दोहोर अङ्क जोड्न सकेनन् । बेङ्ग्लोरका हर्सल पटेलले ४ विकेट लिए भने युजभेन्द्र चाहलले ३, ग्लेन म्याक्सवेलले २ र मोहम्मद सिरजले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । बेङ्ग्लोरका ग्लेन म्याक्सवेलले र कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले । म्याक्सवेलले ५६ रन तथा कोहलीले ५१ रनको योगदान गरे ।

यस्तै, श्रीकर भारतले ३२ र एबी डी भिलियर्सले ११ रन बनाए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । जितसँगै बेङ्ग्लोरले १० खेलमा १२ अङ्क जोडेको छ । बेङ्ग्लोर तेस्रो स्थानमा छ । मुम्बई ८ अङ्क जोडेर सातौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७