यसरी निकालियो चिप्लिएर घाँसे मैदानमा फसेको श्री एयरलाइन्सको जहाज


१९ आश्विन २०७८, मंगलवार
shree air1633415624

काठमाडौं, १९ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट धावन मार्ग जाने क्रममा घाँसे मैदानमा धसिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकालिएको छ ।

विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारीहरूले गल, गैंतीलगायत उपकरण प्रयोग गरी धसिएको पांग्रालाई माथि उठाएर बाहिर निकालेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

घाँसे मैदानबाट बाहिर निकालिएको उक्त जहाजको नेपाल नागरिक उड्डयन प्राधिकरण एवं श्री एयरलाइन्सका प्राविधिकहरूले चेकजाँच गरिररहेको तिवारीले बताए ।

९ एन एएनएफ कलसाइनको क्यू ४००–८ जहाज मंगलबार काठमाडौंबाट नेपालगञ्ज जाने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँस क्षेत्रमा चिप्लिएको थियो । उक्त जहाजमा चालक दलसहित ८० जना सवार थिए । जहाजमा कुनै क्षति नभए पनि ह्वील परिवर्तन गर्ने काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७