प्रहरी सहायक निरीक्षक र जवान पदमा भर्ना खुल्यो


२२ आश्विन २०७८, शुक्रबार
police
फाइल फोटो

काठमाडौं, २२ असोज । नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न ७८१ जनाको लागि नयाँ भर्ना खुलेको छ ।

नयाँ भर्नामध्ये प्रहरी सहायक निरीक्षक पदमा ३६७ जना र प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदमा ४१४ जनाका लागि दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी शिक्षालय महाराजगञ्ज र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दूधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगञ्ज) र दिपायलमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

यस्तै प्राविधिक प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दूधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगञ्ज) र दिपायल र सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले आगामी कात्तिक ३ गतेदेखि मंसिर १२ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्ने छन् । उक्त भर्नासम्बन्धी विस्तृत विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७