अफगानिस्तानको मस्जिदमा विष्फोट : १६ जनाको मृत्यु, ३२ घाइते


२९ आश्विन २०७८, शुक्रबार
afghan bisphot UME6fuCdam

काठमाडौं, २९ असोज । अफगानिस्तानको कान्दहारस्थित एउटा शिया मस्जिदमा विष्फोट हुँदा १६ जनाको ज्यान गएको छ । शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विष्फोट भएको थियो । घटनामा ३२ जना घाइते भएको बीबीसीले जनाएको छ ।

इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । विष्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा असरल्ल परेका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ ।

विष्फोटको कारण स्पष्ट भएको छैन, तर आत्मघाती हमलाकारीले विष्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ । गत शुक्रवार उत्तरी शहर कुन्दुजस्थित शिया मस्जिदै विष्फोट हुँदा कम्तीमा ५० जना मारिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७