कांग्रेस नेता अर्जुननरसिंह केसीको परिवारलाई कोरोना संक्रमण


३१ आश्विन २०७८, आईतवार
Arjun narsing KC
फाइल फोटो

काठमाडौं, ३१ असोज । नेपाली कांग्रेस नेता अर्जुननरसिंह केसीको परिवारलाई कोरोना संक्रमण भएको छ । केसी पत्नी प्रतिमालाई स्वास्थ्य समस्या भएपछि परीक्षण गराउँदा परिवारका सबैलाई कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमणका कारण निमोनिया भएपछि २८ गतेदेखि केसी पत्नी प्रतिमाको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । अहिले स्वास्थ्य अवस्थामा सुधार आएको भाइ जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।

अर्जुननरसिंह केसीसहित छोरा ओमश्री नरसिंह केसी र बुहारी प्रियंका थापाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । प्रतिमाको पनि सोमबार डिस्चार्ज हुने जगदिश्वरनरसिंहले बताएका छन् ।

‘अर्जुन दाइको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना पोजेटिभ देखिएको छ । तर, स्वास्थ्यका कुनै पनि इण्डिकेटरमा समस्या देखिएको छैन’, जगदिश्वरनरसिंहले भने, ‘उहाँको स्वास्थ्य अवस्थाबारे चिन्ता र सद्भाव राख्नु हुने सबैलाई स्वास्थ्य चिन्ता गर्नुपर्ने अवस्थामा नरहेको जानकारी गराउँछु ।’ उनका अनुसार भाउजु प्रतिमा केसी अस्पतालबाट डिस्चार्ज भएपछि सबैको पुनः परीक्षणा गराउने तयारी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७