आठ जिल्लामा प्रमुख जिल्ला अधिकारीको हेरफेर (सूचीसहित)


३१ आश्विन २०७८, आईतवार
griha home

काठमाडौं, ३१ असोज । गृह मन्त्रालयले आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ । असोज ३१ गतेको गृहमन्त्रीस्तरीय निर्णयले आठ जिल्लाका सिडिओ जिम्मेवारी हेरफेर गरेको हो ।

गृह मन्त्रालयले किरण थापालाई कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएको छ । त्यस्तै गृहले पाल्पामा जगन्नाथ पन्त, अर्घाखाँचीमा हरि प्रसाद घिमिरे, सिन्धुपाल्चोकमा बेदनिधी खनाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । गृहले डोल्पामा बेदनिधी अधिकारी, मुस्ताङमा नेत्र प्रसाद शर्मा, लमजुङमा श्रीनाथ पौडेल र स्याङजामा दिपकराज नेपाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।

गृहले कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र स्याङजाका प्रमुख जिल्ला अधिकारी दिपकराज पौडेललाई मन्त्रालयमा तानेको छ । यस्तै गृहले डोल्पाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकाललाई राष्ट्रिय विपद प्राधिकरणमा सरुवा गरेको छ ।
हेर्नुस् सूची

saruwa 20211017122348

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७