भारतमा लगाइयो एक अर्ब डोज कोरोना भाइरसविरुद्धको खोप


४ कार्तिक २०७८, बिहीबार
india vaccine aTP0ijMkw6

नयाँदिल्ली, ४ कातिक । भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानमा ठूलो सफलता प्राप्त गरेको छ । भारतमा सय करोड अर्थात एक अर्ब डोजभन्दा बढी खोप लगाइएको छ ।

एक अर्ब डोज खोप पूरा भएको अवसरमा भारतका विभिन्न ठाउँमा कार्यक्रम हुँदैछन् । भारत चीनपछि एक अर्ब डोजभन्दा बढी खोप लगाउने पहिलो देश बनेको छ । चीनमा भने गएको जुनमा एक अर्ब डोजभन्दा बढी खोप लगाइएको थियो । भारतमा कोरोना भाइरस विरुद्धको खोप अभियान गएको जनवरी १६ तारिखदेखि सुरु भएको थियो ।

लक्ष्यअनुसारको खोप अभियानलाई पूरा गर्न चुनौती भए पनि त्यसलाई पार गर्न सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । धेरै जनसंख्यासँगै ग्रामीण क्षेत्रसम्म खोप पुर्‍याउन चुनौती देखिएको थियो । तर, चुनौतीका बीच पनि लक्ष्य पूरा गरेको सरकारी अधिकारीहरुले बताएका छन् ।

एक अर्ब डोजभन्दा बढी खोप लगाएको खुशीयाली मनाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो उपलब्धीका लागि डाक्टर, नर्ससहित स्वास्थ्यकर्मीलाई बधाई दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७