सक्रिय कोरोना संक्रमितको संख्या ९,५२६ मा झर्‍यो, थप ११ जनाको मृत्यु


१३ कार्तिक २०७८, शनिबार
korona

काठमाडौं, १३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५,३१६ पीसीआर र २,५९५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख १२ हजार १९४ पुगेको छ । कुल संक्रमितमध्ये ९,५२६ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ९११ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९१ हजार २६९ पुगेको छ ।

उक्त अवधिमा ११ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ । हाल २१२ जना क्वारेन्टाइनमा छन् । २३४ जना आइसीयू र ६८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७