प्रधानन्यायाधीश बाहेकका न्यायाधीशको इजलास आज पनि बसेन


१४ कार्तिक २०७८, आईतवार
sarbocha

काठमाडौं, १४ कात्तिक । सर्वोच्च अदालतमा आज (आइतबार) पनि प्रधानन्यायाधीशविरुद्धको न्यायाधीशहरुले थालेको आन्दोलनको प्रभाव देखिएको छ ।

यसअघि इजलास बहिष्कार गर्दै आएका अन्य न्यायाधीशहरुको इजलास बस्न सकेको छैन । प्रधानन्यायाधीशको एकल इजलास चाहिँकेही बेरमा बस्ने तयारीमा रहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वर्तमान सत्तागठबन्धनसँग भागबण्डा खोजेको, सर्वोच्च अदालतको गरिमा जोगाउन नसकेकोजस्ता आरोप लगाउँदै अन्य न्यायाधीशहरुले राजीनामा मागिरहेका छन् ।

त्यस्तै वकिलहरुको संगठन नेपाल बारलगायतका संस्थाले पनि आन्दोलन गरिरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (आइतबार) का लागि १२ इजलास तोकेका छन् । प्रधानन्यायाधीशले आफूसहितको ४ वटा एकल इजलास र ८ वटा संयुक्त इजलास तोकेका छन् । ती इजलासमा २४८ थान मुद्दा सुनुवाइका लागि पेश भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७