सर्वोच्चका न्यायाधीशहरूले आजदेखि बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गर्ने


१५ कार्तिक २०७८, सोमबार
Sarbochha
फाइल फोटो

काठमाडौं, १५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आफैविरुद्ध आन्दोलित न्यायाधीशरुलाई आज पनि मुद्दाको पेशी तोकेका छन् । यसका लागि ६ वटा इजलास तोकिएका छन् ।

अरु दिनभन्दा फरक आज चाहिँ बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाईका लागि न्यायाधीहरुको बेञ्च तोकिएको छ । अरु मुद्दा स्थगित गरिएका छन् । राणाले भने आफूलाई इजलास तोकेका छैनन् । न्यायलय सुधारको अभियानमा तगारो बनेको भन्दै प्रश्न उठेपछि यही कात्तिक ८ गतेदेखि सर्वोच्चका न्यायाधीशहरु इजलासमा गएका थिएनन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवरालाई भेटेर चौतर्ती प्रश्न उठेपछि पदमा बस्नु उपयुक्त नहुने भन्दै मार्ग प्रशस्त गर्न सुझाव समेत दिइसकेका छन् ।

तर, प्रधानन्यायाधीश राणा भने ८ दिनदेखि आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक बाटोबाटै विदा हुने बताउँदै आएका छन् । यसैक्रममा उनले आइतबार न्यायाधीश मनोजकुमार शर्मामार्फत इजलासमा नबसेका न्यायाधीशहरुलाई आफू ‘ग्रसफूल एक्जिट’ (सम्मानजनक बहिर्गमन) को पक्षमा रहेको बताएका छन् ।

उनले त्यस्तो प्रस्ताव राखेपछि न्यायाधीशहरुका तर्फबाट तीन न्यायाधीश अनीलकुमार सिन्हा, सपनाप्रधान मल्ल र डा. मनोजकुमार शर्मा रहेको अनौपचारिक कार्यदल बनाएर प्रधानन्यायाधीशसँग कुराकानी गरेका थिए । त्यसपछि प्रधान्यायाधीशको इच्छा अनुसार उनीहरु प्रधानन्यायाधीशले तोकेका मध्ये बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न तयार भएका हुन् ।

पेशी प्रधानन्यायाधीशले तोक्ने र उनले पेशी तोकिसकेपछि यो मुद्दा हेर्छु यो हेर्दिन भन्न नमिल्ने भएपछि दुबै पक्षको समझदारीमा प्रधानन्यायाधीश जवराले आज १० न्यायाधीशका लागि ६ इजलास तोकेका हुन् । चार वटा संयुक्त र दुईटा एकल इजलास उनले तोकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७