मोटरसाइकल चोरीको आरोपमा तीन युवा पक्राउ


१८ कार्तिक २०७८, बिहीबार
Motorcycle Birjung 7.18 2078 bY3KdQg4pX

पर्सा, १८ कात्तिक । मोटरसाइकल चोरेको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट तीन जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका घर भएका २२ वर्षीय कैलाश महतो, बारा घर भएका २२ वर्षीय बिनयराज शर्मा र बाराकै २० वर्षीय रविनकुमार शाह छन् ।

उनीहरुले कार्तिक १२ मा वीरगञ्ज महानगरपालिका–१६ स्थित बाबा होटलबाट भारतीय नम्बर प्लेटको बुलेट मोटरसाइकल चोरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले बताए । प्रहरीले आरोपीहरुको नम्बर प्लेट फेरेको बुलेट मोटरसाइकल बरामद गरेको छ । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७