२० लाख रुपैयाँसहित एक युवक पक्राउ


२३ कार्तिक २०७८, मंगलवार
hundi karobari arrest 20211109052702

वीरगञ्ज, २३ कात्तिक । वीरगञ्जबाट प्रहरीले अवैध वित्तीय कारोबार (हुण्डी) गर्ने एक युवकलाई स्रोत नखुलेको ठूलो रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको विश्रामपुर गाँउपालिका–५ नकटुवाका ३१ वर्षीय चन्दनकुमार साह हुन् ।

साहको साथबाट नगद २० लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । वीरगञ्जको घण्टाघरबाट आदर्शनगर जाँदै गरेका साह सवार ना ४८ प ७६९१ नम्बरको मोटरसाइकल प्रहरीले रोकेर चेकजाँच गर्दा उनको झोलबाट २० लाख रुपैयाँ बरामद गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

साहको साथबाट बरामद रकमको स्रोत नखुलेको उक्त रकम हुण्डी कारोबारको भएको खनालले बताए । हुण्डीको रकमसहित पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखेर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बिरूद्वको कसुरमा अनुसन्धान अगाडि बढाइएको जानकारी खनालले दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७